×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि नेपाल हाइड्रोपावरको ४ लाख आइपीओ साउन ३२ गतेदेखि बिक्री खुला, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाईने

PRIME CA

बुद्धभूमि नेपाल हाइड्रोपावरको ४ लाख आइपीओ साउन ३२ गतेदेखि बिक्री खुला, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाईने

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ साउन ३२ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले कम्पनीको सेयरमा भदौ १४ गतेसम्म  न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
१४ गतेसम्म कम्पनीको सबै सेयर बिक्री नभएमा भने भदौ २९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।  नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट सो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।
यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: