×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि नेपाल हाइड्रोपावरको ४ लाख कित्ता आइपीओ बिक्री खुला, नुवाकोटका आयोजना प्रभावितले १० कित्तादेखि भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुद्धभूमि नेपाल हाइड्रोपावरको ४ लाख कित्ता आइपीओ बिक्री खुला, नुवाकोटका आयोजना प्रभावितले १० कित्तादेखि भर्न पाउने

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आज साउन ३२ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले कम्पनीको सेयरमा भदौ १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
१४ गतेसम्म कम्पनीको सबै सेयर बिक्री नभएमा भने भदौ २९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट सो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।
यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी