×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तको नाफा ८७.२४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा हुँदा अरु सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

छिमेक लघुवित्तको नाफा ८७.२४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा हुँदा अरु सूचकको अवस्था कस्तो ?

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ८७.२४% ले बढेको जनाएको हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ६४ करोड ९२ लाख ४० हजार मात्रै नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी १७.७५% र सञ्चालन नाफा ५१.८३% ले बढेको छ । रिजर्भ कोष पनि ८४.२२% ले वृद्धि भएर ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १५ पैसाले बढेर अहिले ६६ रुपैयाँ ४३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: