काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी बापत १३ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । रोजगारीको सिलसिलामा विदेश गएका डिलबहादुर रेग्मीको न्युराेसम्बन्धि समस्याकाे कारणबाट मृत्यु भएकोले दाबी भुक्तानी बापत बिमाङ्क रकम १०,००,००० (दस लाख) भुक्तानी दिएकाे हाे । कम्पनीले मृतककाे दाह संस्कारको लागि खर्च १,००,०००(एक लाख) र आय नोक्सानी वापतको रकम २,००,०००(दुई लाख) गरि कुल जम्मा १३,००,००० ( तेह्र लाख ) बिमितकी श्रीमती कमला देवि रेग्मीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ विजनेश अफिसर सुनिल पोखरेलले परिवारका सदस्यलाई बिमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने बताए । सानो रकम बचत गरेर परेका बेला जोखिमसमेत वहन गर्न सक्ने रहेकाले बिमा सम्बन्धि चेतना बढाउनु पर्नेमा उनले जोड दिए ।
यस्तै क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले विमित अभिकर्ता लगायत अन्य सरोकार वालाहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सो लाई आगामि दिनमासमेत निरन्तरता दिइने बताए । सबै नेपालीले बिमा गर्नु आवश्यक रहेको र बिमाको पहुँच र बिमाको महत्त्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्