×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap Send बीच सम्झौता, एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिने

GLOBAL IME BANK
SHREE KESH

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap Send बीच सम्झौता, एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिने

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र UK को ख्यातिप्राप्त Taptap Send बीच सम्झौता भएको छ । सिटी एक्सप्रेस र Taptap Send बीच रेमिटान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । UK  मा रहेका नेपालीहरुले  Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक करोबारमा लाभार्थीहरुलाई SMS द्वारा जानकारी पनि गराईने भएको छ । सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Taptap Send का तर्फबाट निर्देशक Michael Faye ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: