Skip to content
LAXMI SUNRISE BANK

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा, कर अधिकृत पाण्डेद्वारा उद्घाटन

अर्थ सरोकार

कपिलवस्तु । सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
अब सो क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन । बैंकले यस एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । हालसम्म बैंकका ८६ एटिएम रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK