×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनैपूर्णिमा, गाईजात्रा पर्व सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनैपूर्णिमा, गाईजात्रा पर्व सांकेतिक रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आग्रह

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेका पर्व सांकेतिक रूपमा मनाउन आग्रह गरेको छ । कोरोनाको संक्रमणदर र जोखिम बढेकाले आउँदै गरेका जनैपूर्णिमा, गाईजात्रा, ऋषितर्पणीलगायत पर्व सांकेतिक रूपमा मनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा जारी रहेको स्मरण गराउँदै सोही अवधिमा ती पर्व पर्ने भएकाले सांकेतिक रुपमा मनाउन अनुरोध गरेको हो । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी परम्परागत रुपमा सांकेतिक तवरले पर्व मनाउन र भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी