काठमाडौँ । आर्थिक मिडियाका संचालकहरुको छाता संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सम्झौता भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा दुवै संस्थाबीच मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि सहकार्य भएको हो । इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गर्दै सहकार्यको सुरुवात गरेका हुन् ।
अब दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवै तर्फका सदस्य संस्थाहरूको सक्रिय सहभागिता गराउने, विज्ञापन व्यवसायीले विज्ञापन गर्दा आर्थिक न्यूज पोर्टलसहित आर्थिक मिडियाहरूलाई प्राथमिकता राख्ने, आर्थिक मिडियाले पनि विज्ञापन व्यवसायीलाई प्राथमिकतामा राखेर व्यवसायिक साझेदारी गर्ने बाताबरण बनाउने, विज्ञापन बजारको विस्तार र विकृति न्यूनीकरणका लागि संयुक्तरुपमा पहल गर्नेलगायतका विषयमा सहकार्य हुनेछ ।
यस्तै सामाजिक सञ्जालमा अवैधरुपमा विज्ञापन गर्ने प्रवृत्ति मौलाएको, बहुर्राष्ट्रिय कम्पनीहरूले अन्य मुलुकको तुलनामा नेपालमा न्यून मात्रै खर्च गरी ठूलो रकम फिर्ता लैजाने तथा दुरुपयोग गर्ने प्रवृत्ति हटाउन इम्शन र आनले आगामी दिनमा संयुक्तरुपमा प्रयास गर्ने सहमति भएको छ । कार्यक्रममा इम्शन र आनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्