काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज सोमबार विज्ञप्ति जारी गर्दै सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो ।
नेपाल धितोपत्र बोर्डमा महासङकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासङले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो । विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ ।
‘उहाँसँग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै सेयर कारोबार गरिएको हो ।’ विज्ञप्तिमा उल्लेख छ । ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रुपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मङ्सिर १४ मा गरिएको सेयर कारोबारको विषयलाई जोडेर अहिले गलत प्रचार भएको विज्ञप्तिमा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्