काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय/स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकूमा आज उद्योगी व्यवसायीहरूका लागि कोभिड विरूद्धको खोप कार्यक्रम संचालन गरेको थियो । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा महासंघका सदस्य संघ संस्था आवद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो ।
उक्त कार्यक्रममा करिव ६ सय जनाले भेरोशिल खोप लगाएका छन् । सरकारको स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गरिएको खोप कार्यक्रम सांझ ४ बजेसम्म रहेको थियो । खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरन्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा शीप विकास समितिका सह-सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए ।

संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरूद्धको खोप उपलब्ध गराए जस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघ सम्बन्धित प्रदेश सरकारहरूसँग अनुरोध गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्