×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ १५ गते गरिमा विकास बैंकले बोलायो विशेष साधारणसभा, सहारालाई एक्वायर गरी एकीकृत कारोबार गर्ने प्रस्ताव पेस हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भदौ १५ गते गरिमा विकास बैंकले बोलायो विशेष साधारणसभा, सहारालाई एक्वायर गरी एकीकृत कारोबार गर्ने प्रस्ताव पेस हुने

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकको विशेष साधारणसभा भदौ १५ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान १० बजे सुरु हुने भएको हो ।
सभामा सहारालाई एक्वायर गरी ‘गरिमा विकास बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पेस हुने भएको छ । साथै, एक्वयार गर्ने सम्बन्धमा भएका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ । डीडीए रिपोर्टका आधारमा कायम भएको १ः१ सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव गरिने छ ।
सहारालाई एक्वायर गरिसकेपछि गरिमाको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ रुपैयाँ कायम हुनेछ भने सोही अनुसार प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्थाहरु संशोधन गर्ने प्रस्ताव रहेको छ । सभाका लागि भदौ ९ गतेदेखि बुक क्लोज हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी