×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने, विजेतालाई आकर्षक उपहारको व्यवस्था

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी उक्त टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेको सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने हुनेछ ।

यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले ९ हजार उप-विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार जित्न सक्नेछन् । एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले  २ हजार जित्न सक्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरहरुले मिति २०७८/०५/१० गते देखि २०७८/०५/२४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: