×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  नेपाल घरेलु तथा साना उद्योग महासंघले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको जनाएको छ । नेपाल ट्रेड युनियन महासंघसँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधै उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । सो कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिँदै अध्यक्ष गिरीले घोषणा गर्ने क्रममा अर्थ मन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको बताए ।
उक्त अवसरमा नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो । ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफण्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी