×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले संचालन गर्यो मेरी उनीलाई स्वस्थ नारी पहल अभियान, महिलालाई सशक्त बनाउने प्रयास

GLOBAL IME BANK
SHREE KESH

ग्लोबल आइएमई बैंकले संचालन गर्यो मेरी उनीलाई स्वस्थ नारी पहल अभियान, महिलालाई सशक्त बनाउने प्रयास

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । यस अन्तगर्त बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दत्ती बचत खाता संचालनमा ल्याएको छ ।

मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: