पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.विमा वृक्षारोपण गर्नुका साथै, उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई शुद्ध पानि पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ । वैंकका संचालक कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका कर्जा विभाग प्रमुख हरि वहादुर वुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक गोपाल वहादुर वुढाथोकीले वृक्षारोपण र युरोगार्ड हस्तान्तरण कार्यक्रमको लागि यस विद्यालयलाई छनौट गरेकोमा धन्यवाद व्यक्त गर्दै विरुवाको उचित संरक्षण र संबर्द्वन गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै वडा नं २८ का वडा सदस्य विष्णु प्रसाद तिवारीले बैंक नाफा कमाउने संस्था मात्र नभई सामाजिक कार्यहरु समेत गर्ने गरेकोमा धन्यवाद व्यक्त गर्दै स्थानिय सरकारवाट समेत यस्ता कार्यको अनुगमन, संरक्षण र संबर्द्वन मा सहयोग गर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्बन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियपुर्ण कर्जा उपलब्ध गराउँदै आएकोले सो सुविधावाट स्थानिय स्तरका कृषक तथा उद्यमीहरु लाभान्वित हुनुपर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा वोल्दै बैंकका संचालक कृष्ण शंकर श्रेष्ठले विद्यालय जस्तो पवित्र स्थानमा वृक्षारोपण गर्न पाउँदा खुसी भएको र अझै वृक्षारोपणको लागि थप स्थान उपलव्ध भएमा कार्यक्रम विस्तार गर्न सकिने बताएका छन् । बैंकले हाल कास्की, बाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरु, मोवाईल बैंकिङ, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सि-आस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने कास्की र नवलपुर जिल्लामा थप २ वटा शाखा विस्तारको कार्य गरि रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्