×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजिनामा दिएका छन् । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उन त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजिनामा बुझाएका हुन् ।
तेह्र महिना पहिले उनि दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर राजिनामा दिएको उनले बताए ।
उनको राजिनामा पत्रमा रेल सञ्चालनका लागि सबै किसिमको तयारी पूरा भइसकेको उल्लेख छ । शून्य अवस्थामा रहेको कम्पनीमा उपकरण र जनशक्तिलगायतका रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी