×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण इन्टरनेशनलद्वारा हाउजेका देशभरका शोरुममा एक्स्चेन्ज अफर, १५ हजारसम्मको छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कृष्ण इन्टरनेशनलद्वारा हाउजेका देशभरका शोरुममा एक्स्चेन्ज अफर, १५ हजारसम्मको छुट

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्स्चेन्ज अफर सुरु गरेको छ । भदौ २ गते सुरु एक्स्चेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए । एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकलन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए । काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ ।

काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चाबहिल र बनेपामा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ । हाउजेको एनके १५० सिसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्स्चेन्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको खत्रीले बताए । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ ।

‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भने । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले जानकारी दिए । ‘बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ खत्रीले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: