सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्