×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहुँच पुर्याउने

GLOBAL IME BANK
SHREE KESH

हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहुँच पुर्याउने

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लिमार्फत वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले बैदेशीक लगानी भित्र्याएको हो । यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याव टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । हेल्थ होमले कोभिड महामारिका बेलामा समेत विरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ ।

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखामार्फत समेत आफ्नो सेवा दिँदै आएको छ । हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । हेल्थ एट होम २०१२ मा सुर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो । विजनेस अक्सिजन प्रा.लि. नेपालको पहिलो निजि इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम, डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: