×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन, यी ठाउँहरुबाट आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एचआइडीसीएलको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन, यी ठाउँहरुबाट आवेदन दिन सकिने

Artha Sarokar

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने भोलि मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भोलि कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा साउन ५ गते मंगलबारदेखि सो सेयर बिक्रीमा ल्याएको हो । यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी