×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ करोड ८८ लाख रुपैयाँ नोक्सानमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी, प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाले ऋणात्मक

PRIME CA
GLOBAL IME BANK

१ करोड ८८ लाख रुपैयाँ नोक्सानमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी, प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाले ऋणात्मक

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ । कम्पनीले १ करोड ८८ लाख रुपैयाँ नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा भने १ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले बिजुली बिक्रीबाट हुने आम्दानी पनि ३२.८१% ले घटेर १४ करोड ८३ लाख रुपैयाँमा सिमित भएको जनाएको छ । यस्तै सञ्चालन नाफा पनि ३९.६३% ले घटेर १० करोड ८३ लाख रुपैयाँमा झरेको छ । हाल हिमाल दोलखाको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म यस कम्पनीको रिटेन्ड अर्निङ भने २६ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ३३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: