Skip to content
LAXMI SUNRISE BANK

हिमालयन क्यापिटलको साधारणसभा पनि भदौ २५ गते, यस्ता छन् पेस एजेण्डाहरु

अर्थ सरोकार

काठमाडौं । हिमालयन क्यापिटलको चौथो वार्षिक साधारणसभा भदौ २५ गते हुने भएको छ । सभा कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, ठमेलमा बिहान ११ बजे हुने भएको हो ।
कम्पनीले सभामा भविश्यमा अन्य कुनै मर्चेण्ट बैंकिङ संस्थासँग गाभ्ने गाभिने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको स्वतन्त्र तथा महिला सञ्चालकको पुनः नियुक्ति गर्ने, मर्चेण्ट बैंकिङ एशोसिएशनमार्फत कोभिड १९ रोकथामको सहयोगार्थ गरिएको अनुदान खर्च अनुमोदन गर्नेलगायतका एजेन्डाहरु पेस गर्ने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK