काठमाडौं । हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब इन्टरनेशनलबीच सम्झौता भएको छ । बैंक र चार्ज कार्ज कम्पनी डाइनर्सबीच डाइनर्स क्लब कार्ड जारी गर्ने तथा डाइनर्स क्लब इन्टरनेसनल, डिस्कवर फाइनेन्सियल सर्विसेज गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धि सम्झौता भएको हो । बैंकले अब डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ ।
बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ एटिएम तथा ५ हजारभन्दा बढि पस टर्मिनलहरुमा स्वीकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कवर र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटिएम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् भने दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्ने भएको छ ।
नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हो । यस्तै हिमालयन बैंक नेपालमा अमेरिकन एक्स्प्रेस ब्राण्डको कार्ड जारी तथा स्विकार गर्ने एकमात्र साझेदार हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्