काठमाडौं । स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरेर राखेको सूचनाका आधारमा खोजतलासी गर्दा उक्त रकम फेला परेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्