×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३५०० जना सहभागी हुने चुनावका लागि ललितपुर प्रशासनको अनुमति, निवेदन नै झुटो, कोरोनाको त्रासमा भगवानकै आश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३५०० जना सहभागी हुने चुनावका लागि ललितपुर प्रशासनको अनुमति, निवेदन नै झुटो, कोरोनाको त्रासमा भगवानकै आश !

Artha Sarokar

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना महामारीका बीच गरिएको आंशिक निषेधाज्ञाकैबीच नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्टट्स संस्था (आइक्यान)को चुनाव हुने भएको छ । झन्डै ७ हजारको संख्यामा दर्तावाल लेखापरिक्षक र झन्डै २ हजारको हाराहारीमा रहेका चार्टड एकाउन्टेन्टहरुमध्ये झन्डै २ हजार दर्तावाल लेखापरिक्षक र झन्डै ११ सय सिएहरु सो चुनावमा भौतिक रुपमा उपस्थित हुने भएका छन् । बाँकी भोट पोष्टलमार्फत आइसकेको आइक्यानले जनाएको छ ।

आइक्यानका उपाध्यक्ष युद्धराज ओलीले दिएको जानकारी अनुसार ४ दिनसम्म जम्मा भएर चुनाव गर्ने गरी आउँदो शुक्रबार, शनिबार, आइतबार र सोमबार चुनाव हुने तयारी गरिएको छ । उनका अनुसार अनुसार आउँदो शुक्रबार र शनिबार दर्तावाल लेखापरिक्षकहरुको चुनाव हुनेछ भने आउँदो शनिबार र आइतबार सिएहरुको चुनाव हुनेछ । जिल्ला प्रशासन कार्यालयले यसका ४ दिन मतदान र २ दिन मतगणना गरी ६ दिनका लागि अनुमति दिइसकेको छ । एक पटकमा २५ जना सहभागी हुने र ४ वटा बुथ राखी चुनाव हुने भनिएको छ । आइक्यानले अनावश्यक भीडभाड नगर्ने र सबै मतदाताले डबल डोज खोप लगाईसकेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएको छ । जवकि सबै मतदाताहरुले डबल डोज खोप लगाईसकेको कुरा भने सत्य होइन । मतदाता सबैले डबल डोज खोप लगाईसकेको झुटो विवरण उल्लेख गरेर निवेदन दीइएको पाइएको छ । चुनाव आइक्यान परिसरमै हुनेछ । स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आइक्यानले सुरक्षा स्थिति पनि कडा पार्ने तयारी गरेको भनेको छ ।

मापदण्डको पालना होला ?
आइक्यानले एक पटकमा २५ जना सहभागी गराउने र आधा घण्टाको ब्रेक पछी पुन: चुनाव संचालन गर्नेगरी तयारी गरेको जानकारी प्रशासनलाई गराएको छ । तर कोहि मतदाताहरु पनि पालो कुरेर आइक्यान जान्छन् भन्ने तर्क नै हाँसउठ्दो छ । चुनाव गर्नैपर्ने भएकाले अनुमति लिन आइक्यानले जिल्ला प्रशासन कार्यालयमा २ पेज लामो निवेदन दिएको छ । जसमा चुनावमा भीडभाड नहुने, भौतिक दुरी कायम गरिने जस्ता कुराहरु उल्लेख गरिएका छन्। तर व्यवहारिक रुपमा चुनावमा यो सम्भव नभएको धेरैको तर्क छ । एक पटकमा २५ जना सहभागी गराएर आधा घण्टाको ब्रेक गर्नेगरी अनुमति लिइएकोले यदी त्यस्तो गरियो भने १२ घण्टाको चुनावमा दुई दिन गरेर चुनाव त सकिन्छ तर यो नियम पालना हुने भने देखिंदैन । आइक्यानमा भीडभाड गर्न नदिएको खण्डमा वरपरका होटल रेष्टुरेन्टहरुमा सो दिन ठुलो भीड लाग्ने देखिन्छ । कोरोना महामारीकै बेलामा कुनै प्रशासनले यति धेरैमान्छे जम्मा हुनेगरी अनुमति नै दिएको यो पहिलोपटक हो । अर्कोतर्फ मतदाता नरहेकाहरु पनि चुनाव हेर्न आउनेछन् । उम्मेदवारका स्वयंमसेवकदेखि पत्रकारसम्मको भीड पनि हुने हुनाले चुनावमा राम्रै भीड हुने पक्कापक्की जस्तै छ ।
भीडभाड गरे भने ठाउँको ठाउँ चुनाव रोक्छु : ललितपुरका सीडीओ
यता ललितरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले आफुले चुनाव गर्न अनुमति दिएको स्वीकारेका छन् । तर उनले ६ दिन लगाएर चुनाव हुने भनिएको र सोहि अनुसार अनुमति दिएको बताएका छन् । तर चुनाव हुने भनेको ४ दिन हो। र २ दिनको समय मतगणनाका लागि छुट्याईएको हो । ‘भीडभाड भयो, र कोरोना संक्रमण भयो भने त्यसको जिम्मा कसले लिन्छ ?’ हाम्रो प्रश्नमा प्रजिअ निरौलाले भने, ‘भीडभाड भए तत्काल चुनाव रोक्न लगाउँछु । पढेलेखेका चार्टड एकाउन्टेन्टहरुको चुनाव उहाँहरुले सबै नीति नियममा बाँधिएर नै गर्नुहुन्छ भन्ने छ । तलमाथि भए प्रशासनले एक्सन लिन्छ ।’

चुनाव आइक्यान परिसरमै हुनेछ । स्वास्थ्य मापदण्ड पालना गर्नका लागि आइक्यानले सुरक्षा स्थिति पनि कडा पार्ने तयारी गरेको छ ।

भीडभाड गरे भने ठाउँको ठाउँ चुनाव रोक्छु : ललितपुरका सीडीओ
यता ललितरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले आफुले चुनाव गर्न अनुमति दिएको स्वीकारेका छन् । तर उनले ६ दिन लगाएर चुनाव हुने भनिएको र सोहि अनुसार अनुमति दिएको बताएका छन् । तर चुनाव हुने भनेको ४ दिन हो। र २ दिनको समय मतगणनाका लागि छुट्याईएको हो । ‘भीडभाड भयो, र कोरोना संक्रमण भयो भने त्यसको जिम्मा कसले लिन्छ ?’ हाम्रो प्रश्नमा प्रजिअ निरौलाले भने, ‘भीडभाड भए तत्काल चुनाव रोक्न लगाउँछु । पढेलेखेका चार्टड एकाउन्टेन्टहरुको चुनाव उहाँहरुले सबै नीति नियममा बाँधिएर नै गर्नुहुन्छ भन्ने छ । तलमाथि भए प्रशासनले एक्सन लिन्छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी