×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी, दुई हजार एक उद्योग दर्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी, दुई हजार एक उद्योग दर्ता

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । तनहुँ जिल्लामा स्थापित उद्योगमा लगानी बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा दर्ता भएका उद्योगमा रु दुई अर्ब ७० करोड ९० लाख लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा दुई हजार एक उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा जिल्लामा तीन हजार ५१५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख ६० हजार ६५९ लगानी भएको थियो ।

आव २०७६/७७ भन्दा आव २०७७/७८ मा उद्योग दर्ता सङ्ख्या घटे पनि लगानी भने वृद्धि भएको कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । एक वर्षको अवधिमा जिल्लामा कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएको छ । कृषि तथा वनजन्यतर्फ एक हजार २१९ उद्योग दर्ता भएका छन् । गत वर्ष कृषि तथा वनजन्यतर्फ ६०० मात्रै उद्योग दर्ता भएका थिए । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको उहाँले बताउनुभयो । ‘कोरोना कहरका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाले गाउँमै उद्यम शुरु गरेका छन्’, उहाँले भन्नुभयो ।

कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । यसैगरी उत्पादनमूलकतर्फ १२९, निर्माणतर्फ १९, पर्यटनतर्फ ३२३ र सेवामूलकतर्फ ३११ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता रु एक अर्ब २६ करोड १० लाख २६ हजार ३७४ रहेको छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: