काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात एकीकृत कारोबार सुरु गरेको छ । उक्त कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपुरमा सम्पन्न भएको हो । एकीकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन समारोहका सभापति र साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअलमार्फत गरेका थिए ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुबाट समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताए ।
यसै अवसरमा यस कार्यक्रममा सहयोग गर्ने नेपाल राष्ट्र बैंक, सम्पूर्ण नियामक निकाय, दुवै वित्तीय संस्थाका सञ्चालक समिति, संयुक्त मर्जर समिति, दुवै संस्थाका संस्थापक तथा सेयरधनीहरु, दुवै संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा ग्राहक सदस्यहरुमा समेत धन्यवाद ज्ञापन गरे । एकीकृत कारोबार पश्चात संस्थाको पुँजी २ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप १ अर्व १५ करोड, कर्जा रकम ४ अर्व १४ करोड भन्दा बढी हुने भएकोले सवल, सक्षम, ग्राहकहरुमा गुणस्तरीय सेवा, नवप्रवर्तनकारी संस्थाको रुपमा अगाडि बढाउने जानकारी प्रमुख कार्यकारी अधिकृतले दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्