काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । कम्पनीको नाफा १६५.९०% ले बढेर १२ करोड ६० लाख रुपैयाँ कमाउन सफल भएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । यी दुई सूचक क्रमश: ७७.१९% र १४७.८४% ले बढेका हुन् । रिजर्भ कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५८ पैसाले बढेर ८ रुपैयाँ ३७ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने १६३ रुपैयाँ ६४ पैसा छ ।
असारसम्म ८७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । यस कम्पनीले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा एक्वायर गरेर भदौ ४ गतेबाट एकीकृत कारोबार गर्ने तयारीमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्