काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा ८३.१० गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो ।
त्यसैले कम्पनीको सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ भने २३ लाख ६६ हजार १९५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्