×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा हालसम्म १ अर्ब ६६ करोड १६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन पर्यो

PRIME CA

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा हालसम्म १ अर्ब ६६ करोड १६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन पर्यो

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ८२ हजार १३४ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबारसम्ममा ८२ हजार १३४ जनाले १ करोड ६६ लाख १६ हजार २९० कित्ताका लागि १ अर्ब ६६ करोड १६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन हुन् । जुन माग भन्दा २.७६ गुणा बढी आवेदन हो ।
कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले कम्पनीको सो सेयर साउन ३२ गतेसम्म भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: