×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्त र रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपकार लघुवित्त र रिभर फल्स पावरले आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुगे धितोपत्र बोर्ड

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेका छन् । दुबै कम्पनीले साउन १३ गते आईपीओ निष्कासनको लागि  बोर्डसंग अनुमति मागेका हुन् ।

उपकार लघुवित्तले सर्वसाधणलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्नेछ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

यस्तै रिभर फल्स पावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: