×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो तेह्रथुम पावर कम्पनीको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ, भदौ १३ गतेसम्म आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

खुल्यो तेह्रथुम पावर कम्पनीको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ, भदौ १३ गतेसम्म आवेदन दिन सकिने

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आज बुधबारदेखि आइपीओ बिक्रीमा आएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ । तेह्रथुमको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रेटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: