×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आइपीओमा ३०.६४ गुणा बढीको आवेदन पर्यो, २८ लाख २ हजार १५० कित्ता सेयर माग

PRIME CA
GLOBAL IME BANK

तेह्रथुम पावर कम्पनीको ८ लाख कित्ता आइपीओमा ३०.६४ गुणा बढीको आवेदन पर्यो, २८ लाख २ हजार १५० कित्ता सेयर माग

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा १८ हजार ६६३ जना आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल शुक्रबार दिउँसो १.३० बजेसम्ममा १८ हजार ६६३ जना आवेदकबाट २ करोड २८ लाख २ हजार १५० कित्ताका लागि २ अर्ब २८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३०.६४ गुणा बढी हो ।
कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
तेह्रथुमको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ भने न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रेटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: