महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा २०० भन्दा बढी प्रतिशत राजस्व असुली गरेको छ । भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीका अनुसार जलेश्वर भन्सार कार्यालयले आव २०७७/०७८ को शुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व असुली भएको बताउनुभयो ।
उहाँले जलेश्वर भन्सारले आव २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको बताउनुभयो । जुन लक्ष्यभन्दा २०४ प्रतिशत बढी रहेको छ ।
जलेश्वर भन्सारले भन्सार महसुलतर्फ रु ४७ करोड ३७ लाख ६९ हजार लक्ष्य लिएकोमा रु एक अर्ब ९३ करोड ८४ लाख सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु २५ करोड ४१ लाख १८ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४५ करोड २० लाख ३१ हजार सङ्कलन गरेको छ ।
त्यसैगरी अन्तःशुल्कतर्फ रु तीन करोड ६३ लाख ५२ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु तीन करोड ९२ लाख दुई हजार सङ्कलन गरेको छ र अन्यतर्फ रु तीन करोड २३ लाख ६० हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु १२ करोड ८१ लाख ९० हजार सङ्कलन गरेको जनाएको छ । यसरी जलेश्वर भन्सारले गत आव ०७७÷०७८ मा जम्मा रु ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
उहाँले गत आवको माघदेखि जलेश्वर भन्सारबाट पेट्रोलियम पदार्थको बढी ढुवानी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो भने अन्य नियमितरूपमा आउने सरसामान पनि लकडाउनका कारण परिमाणभन्दा बढी आएकाले लक्ष्यभन्दा २०४.४७ प्रतिशत बढी राजस्व असुली भएको बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्