×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६८ करोड ९५ लाख रुपैयाँ नाफामा जीवन विकास लघुवित्त वित्तीय संस्था, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

GLOBAL IME BANK

६८ करोड ९५ लाख रुपैयाँ नाफामा जीवन विकास लघुवित्त वित्तीय संस्था, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा जीवन विकास लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०१.९६% ले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिसम्म आउँदा कम्पनीको खुद ब्याज आम्दानी ४९.२८% ले बढेर १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ९.४५% ले घटेर ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै जगेडा कोषमा १ अर्ब ३० करोड ९४ लाख ७ हजार रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: