×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाका किसानलाई ३३ लाखको कृषि औजार सामग्री वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जुम्लाका किसानलाई ३३ लाखको कृषि औजार सामग्री वितरण

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । सो कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, ७८ सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजार वितरण गरिएको कृषि कार्यालयले जनाएको छ ।

किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको सो कार्यालयका वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।-रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी