×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता, निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता, निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता भएको छ । बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको हो । अब बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलिसडकस्थित सिडिएससिको कार्यालयमा सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् ।

बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ । काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ७० वटा एटिएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: