×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको शाखा कार्यालय वन्दिपुरमा पनि, सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतु

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंकको शाखा कार्यालय वन्दिपुरमा पनि, सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतु

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले तनहुँ जिल्ला वन्दिपुर गाउंपालिका वडा नं. १ डुम्रेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि श्रावण ३१ गतेको दिन उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: