×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता, स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशतसम्मको छुट पाइने

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता, स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशतसम्मको छुट पाइने

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा.लिबीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डाईग्नोष्टिकमा स्वास्थ परिक्षण गराउँदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ । नेपालकै पहिलो आई.एस.ओ १५८९ः२०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक हरुले अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: