×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईओएल प्रालिले ल्यायो केन्ट ब्राण्डको वाटर प्युरिफायर, नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने

GLOBAL IME BANK
SHREE KESH

ईओएल प्रालिले ल्यायो केन्ट ब्राण्डको वाटर प्युरिफायर, नेपालभरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ईओएल प्रालिले नेपाली बजारमा केन्ट ब्राण्डको नयाँ वाटर प्युरिफायर ल्याएको छ । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा ल्याएको हो ।

उक्त वाटर प्युरिफायरको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यस्तै नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध हुने भएको छ । यो प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकोले १०० प्रतिशत शुद्ध र अल्कलाइन सहितको पिउने पानी प्रदान गर्दछ । यसमा पीएचको स्तर ८.५ देखि ९.५ कोबीचमा हुने गर्दछ ।

यस प्युरिफायरले आरओंयूभींयुएफंटीडीएस नियन्त्रणको बहु शुद्धिकरण प्रक्रिया प्रयोग गर्दछ भने यूभी डिस्फेसन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्दछ । यस प्युरिफायरमा केन्टको आविष्कारशील मिनरल आर.आ टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टीडीएस कन्ट्रोलर प्रयोग गर्दछ जसले १०० प्रतिशत शुद्ध र खनिज युक्त पिउने पानी प्रदान गर्दछ । यो पानी प्यूरीफायर एक बर्षको सेवा वारेन्टीको साथ आउँदछ र देश भरिका सबै स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: