×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती डिजिटल वालेटद्धारा कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा

GLOBAL IME BANK
SHREE KESH

खल्ती डिजिटल वालेटद्धारा कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्ती डिजिटल वालेटले कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ । वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाख सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिनेछ ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: