काठमाडौं । खानीखोला हाइड्रोपवार कम्पनीको सेयर कारोबार रोक्का भएको छ । वित्तीय विवरण प्रकाशनमा त्रुटी देखिएकाले कम्पनीको सेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ । केही दिनदेखि निरन्तर उकालो लागिरहेको कम्पनीको सेयर कारोबार नेप्सेले आज मंगलबार रोक्का गरिदिएको हो ।
कारोबार रोक्का भएसँगै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेतनै देखाएको छैन ।आज कम्पनीको मुल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लागेको छ । कम्पनीले जनतालाई झुक्याउने गरी गलत वित्तीय विवरण सार्वजनिक गरेको पोल खुलेपछि सेयर बिक्रेताहरुको ओइरो लागेको छ ।