काठमाडौँ । आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिको प्रस्ताव पेस गर्ने भएकी हुन् ।
सो बैठकबाट ऊर्जामन्त्री भुसालले पेस गरेको प्रस्ताव पारित भएमा घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाइनेछन् । यता प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई केहि दिन अघिनै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले हलका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन् । तर शाक्यले राजीनामा नगर्ने र सरकार जहाँको जिम्मेवारी दिए पनि गर्ने बताएका थिए । यस्तै शाक्यको पालामा प्राधिकरणको नाफा साढे ११ अर्ब बाट घटेर तीन अर्बमा सीमित भएको तथ्यांक आएपछि सरकारले उनलाई अन्य जिम्मेवारी दिएर घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्