×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता, स्वास्थोपचारमा २० प्रतिशतसम्मको आकर्षक छुट पाइने

GLOBAL IME BANK
SHREE KESH

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता, स्वास्थोपचारमा २० प्रतिशतसम्मको आकर्षक छुट पाइने

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंकले र जावलाखेल ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरेको हो । उक्त सम्झौतासँगै बैंकले आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने भएको छ ।

कुमारी बैंकका मार्केटिंङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौत अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: