×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्धारा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकद्धारा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको छ । मंगलबार एक औपचारिक कार्यक्रमकाबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बैंकको बेल शाखाले ३ लाखको चेक हस्तान्तरण गरेको हो ।

नगर प्रमुख थापाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । बेलका शाखा प्रमुख अमित झाले बिगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बताए । बैंकको देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्स्टेन्सन काउन्टर लगायत २८ वटा शाखारहित ईकाईमार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: