×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तले गर्यो आकर्षक प्रगति : खुद नाफा १९६.०१% बढ्दा जगेडा कोष र प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

GLOBAL IME BANK

लक्ष्मी लघुवित्तले गर्यो आकर्षक प्रगति : खुद नाफा १९६.०१% बढ्दा जगेडा कोष र प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौंथो  त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले खुद नाफा १९६.०१% ले बढाएर १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी ४६.२६% ले बढेको छ भने सञ्चालन नाफापनि  ४६.२६% ले बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।१ वर्षको अवधिमा जगेडा कोष १०७.८८% ले बढेर ३६ करोड ४३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
साथै कम्पनीको अनुसार प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसाले बढेर ६० रुपैयाँ ३६ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: