काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको परीक्षा खुलाउने भएको छ । विभागले कोभिड १९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको हो ।
मापदण्ड अनुसार कार्यलयको जनशक्ति, परिक्षा सञ्चालनको लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताको आधारमा एक सिफ्टमा बढीमा १०० जना परिक्षार्थीको परीक्षा गराउने सकिनेछ । एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ ।
तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।
यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ भने एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।
काेभिड १९ संक्रमणकाे विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा ( सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ हेर्नुहोस् :




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्