×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन महिनामा तीन नयाँ कम्पनीसहित २५ कम्पनीको सेयर सूचिकृत, कुन कम्पनी कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

साउन महिनामा तीन नयाँ कम्पनीसहित २५ कम्पनीको सेयर सूचिकृत, कुन कम्पनी कति ? (विवरणसहित)

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन महिनामा २५ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नयाँ थपिएका कम्पनीहरु युनियन लाइफ इन्स्याेरेन्स कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था  र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थासहित २५ कम्पनीको सेयर सूचिकृत भएकाे हो ।
 
हेर्नुहोस् कसको कति ?
१ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
यस कम्पनीले नेप्सेमा २ कराेड १५ लाख कित्ता आइपीओ सूचिकृत गराएको हो ।
 २ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
जीवन विकासकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे ।
३ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
यसले १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचिकृत गराएको हो ।
४ – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
५ – बैंक अफ काठमाण्डू
यस बैंकको नेप्सेमा “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
६ – नेपाल बैंक
नेपाल स्टक एक्सचेन्जमा नेपाल बैंक को ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० % ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
७ – कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
८ – सबैकाे लघुवित्त वित्तीय संस्था
सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५ प्रतिशत बाेनस बापतकाे एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।
९ – नाडेप लघुवित्त वित्तीय संस्था
यसले १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको हाे ।
१० – फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था
यसले पनि नेप्सेमा २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत गरेको हाे ।
११ – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड
यस कम्पनीकाे १२ प्रतिशत बाेनस बापतकाे एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हाे ।
 
१२ – रिलायन्स फाइनान्स कम्पनी लिमिटेड
यस कम्पनीको पनि १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हाे ।
१३ – प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी
प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।
 
१४ – आईएमई जनरल इन्स्योरेन्स कम्पनी
आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस वापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो ।
१५ – नेपाल हाइड्राे डेभलपर्स लिमिटेड
यस कम्पनीको १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
१६ – नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेका अनुसार यस कम्पनीकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार एक सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हाे ।
१७ – हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड
यसको ३ प्रतिशत बाेनस बापतकाे ३ लाख २० हजार ४ सय ८७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
१८. डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेले डिप्राेक्सले १५ प्रतिशत बाेनस बापतकाे १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत गराएको जनाएको छ ।
१९. नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी
कम्पनीको ३१ प्रतिशत बाेनस बापतकाे एक कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
२०. महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मीकाे ८.८० प्रतिशत बाेनस बापतकाे २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हाे ।
२१. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड
 प्रभु इन्स्योरेन्सकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हाे ।
२२.नेपाल राष्ट्र बैंक
नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हाे । जसमध्ये, २०८४ “घ” काे १० अर्ब, २०८३ “ग” काे १० अर्ब, २०८४ “ङ” काे १० अर्ब, २०८५ “घ” काे १० अर्ब र २०८५ “ङ” काे १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेकाे हाे । साउन महिनामा तीन नयाँ कम्पनीसहित २५ कम्पनीको सेयर सूचिकृत, कुन कम्पनी कति ? (विवरणसहित)
२३. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
अरुणकाे ५० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
२४. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
२५ – नबिल बैंक लिमिटेड
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: