×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३.२२ गुणा बढीको आवेदन पर्यो, १ लाख १ हजार २८ जनाले भरे सेयर

PRIME CA

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३.२२ गुणा बढीको आवेदन पर्यो, १ लाख १ हजार २८ जनाले भरे सेयर

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३.२२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले साउन ३२ गतेसम्ममा १ लाख १ हजार २८ जना आवेदकले १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागि १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: