×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ अर्ब ५० करोडमा निर्माण भएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत मात्र सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१४ अर्ब ५० करोडमा निर्माण भएको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम ६५ प्रतिशत मात्र सम्पन्न

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिनुभयो ।

छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि घकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु परेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उहाँको भनाइ थियो । आयोजनामा कार्यरत धेरै कामदार कोरोनासङ्क्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ । त्यहाँ हाल नेपाली ७० र चिनियाँ १८९ गरी २५९ कामदार कार्यरत छन् ।सातसय २४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ । विद्युत्गृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ ।

काठमाडौ लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सव–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया सुरु भएको छ । यसका लागि आवश्यक पर्ने १३ वटा टावरमध्ये आठ वटा वनक्षेत्रमा रहने हुदाँ वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियमा छ । त्यस्तै पाँचवटा टावर व्यक्तिको जमिनमा परेकाले मुआवजाको प्रक्रिया सुरु गरिएको छ । स्वदेशी लगानी १४ अर्ब ५० करोडमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाईड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी